दार्चुला, मंसिर २३ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले जिल्लामा उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको हो । भारतसँग सीमा जोडिएको दार्चुला जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ ।
बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको छ। यस्तै क्यारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, पुलघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।
भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम दार्चुलामा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी धामीले बताए । दार्चुलामा हाल सम्म कोरोना संक्रमण सुन्य रहेको पाइएको छ छने भने सङ्क्रमणका कारण हालसम्म जिल्लामा ११ जनाको ज्यान गइसकेको छ ।
यस्तै बैठकले आउदो पुस महिनाको पहिलो सातादेखि १२ देखि १७ वर्ष सम्मका बालबालिकाहरुलाई लक्षितगरि मोडर्ना खोप लगाइने भएकाले जिल्लास्थित सबै स्थानीय तहले आ आफनो क्षेत्रमा जानकारी गराउने तथा शिक्षा विकास तथा समन्वय एकाई कार्यालयले आवश्यक समन्वय गर्ने जनाएको छ ।
यस्तै जिल्ला स्थित नेपाल भारत सिमानाका खलंगा पुलघाट नाका बोहकका झोलुङ्घे पुलहरुबाट भित्रीने नागरीकलाई कोभिड १९विरुद्धको खोप लगाउन प्रेरित गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध पनि गरिएको छ । जनस्वास्थ्यसुरक्षाका मापदण्डहरु लगायत खोप लगाएको वा नलगाएको सम्बधमा समेत सम्बन्धित स्थानीय तहहरुको सहयोगमा जिल्लास्तरीय कोभिड १९ व्यवस्थापन समितिले सयुतm अनुगमन गर्ने निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति डीसीएमसीले जनाएको छ ।