
दार्चुला मंसिर २४ । महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा, ५ गल्फै र ७ धापको आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो र तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा संचार विकास केन्द्र दार्चुला द्धारा संचालित सामुदायिक रेडियो दार्चुला एफ एमको सहजीकरणमा शुक्रवार सार्वजनिक सुनुवाई गरिएको हो ।
वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश राज जोशीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ३ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो । गत आर्थिक वर्षका सबै जसो योजनाहरु सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट ६६ जना गैर दलित जेष्ठ नागरीक, २६ जना दलित जेष्ठ नागरिक, ७ जना पूर्ण अपाङ्ग, २ जना आशिंक अपागं, विधुवा महिला २४ जना तथा ३७ बालवालिकालाई वाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव बिष्णुदत्त बडूले दिए । पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा १५ जनाको जन्मदर्ता, ७ जनाको मृत्यु दर्ता, ७ जोडीको विवाह दर्ता गरेका छन् ।
वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा १ लाख ५९ हजार ८ सय ७० रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।
शुक्रवारनै वडा नम्वर ५ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष केशबराज बडू अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको हो । यस्तै वडाबाट ५६ जना गैर दलित जेष्ठ नागरीक, १० जना दलित जेष्ठ नागरिक, ४ जना पूर्ण अपाङ्ग, ८ जना आंशिक अपाङ्ग, ३७ जना विधुवा महिला र २४ जना बालवालिकालाई वाल संरक्षण अनुदान तर्फ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव प्रेमसिह बुढाथोकीले जानकारी दिए ।
पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ६८ जनाको जन्मदर्ता, १२ जनाको मृत्यु दर्ता, २२ जोडीले विवाह दर्ता गरेका छन् । वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा १ लाख ६५ हजार रुपैँया राजश्व संकलन गरेको जनाएको छ । गत बर्षका सवैजसो योजनाहरु सम्पन्न भैसकेको वडा कार्यालयले जनाएको छ ।
यस्तै वडा नम्वर ४ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष सिमा सुनामको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको हो ।
यस्तै वडाबाट ८ जना गैर दलित जेष्ठ नागरीक, ३२ जना दलित जेष्ठ नागरिक, ५ जना पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग, १ जना एकल विधुवा महिला २३ जना र २० जना वालसंरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव कम्मान सिह कुवरले जानकारी दिए ।
पञ्जिकरण सेवा तर्फ तेस्रो चौमासिकको अवधिमा ४ जनाको जन्मदर्ता, ३ जनाको मृत्यु दर्ता, १ जोडीले विवाह दर्ता र १ परिवारले वसाई सराई गरेका छन् ।
गत आर्थिक वर्षमा द्रोस्रो र तेस्रो चौमासिकवाट ६ लाख १५ हजार ३ सय ७० रुपैया राजश्व संकलन भएको छ । बस्ति स्तरवाट माग गरिएको २० योजनामध्ये छनोट भएका १८ योजना सम्पन्न भैसकेको वडा कार्यालयले जनाएको छ । बुधवार वाट महाकाली नगरपालिकाका वडाहरुमा संचालन भएको सार्वजनिक सुनवाई कार्यक्रम शुक्रवार सवै वडाहरुमा सम्पन्न भएको छ । अब महाकाली नगरपालिकको मात्रै सार्वजनिक सुनवाई गर्न वाकि रहेको आयोजकले जनाएको छ ।