दार्चुला, मंसिर २४ । जिल्लाको अपिहिमाल गाउँपालिकामा संचालित खानेपानी योजना र बिद्यालयलाई पुर्ण सरसफाई युक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा नम्वर ४ मा रहेको खक्तोली खानेपानी तथा सरसफाई योजना र सरस्वति आधारभुत विद्यालय मर्खाेलालाई पुर्ण सरसफाई युक्त योजना र विद्यालय घोषणा गरिएको खानेपानी सरसफाई तथा स्वच्छता अपिहिमाल गाउँपालिकाका जलस्रोत अधिकृत मनोरथ जोशीले जानकारी दिए ।

बिद्यालय खानेपानी सरसफाई तथा स्वच्छता ब्यवस्थापन कार्यविधि २०७४ अनुसार विद्यालयले १० वटा सुचकहरुमा रहेका मापदण्डहरुको पुर्ण पालना गरेको पाईएकाले ३ वटा तारा प्रदान गर्दै बिद्यालयलाई पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिएको हो । खानेपानी वाट लाग्ने विभिन्न प्रकारका रोगहरुलाई न्युनिकरण गर्नका लागि खानेपानीका योजनाहरुलाई एक पछि अर्काे गर्दै सरसफाई युक्त योजना घोषणा गरिन लागिएको छ ।

सरस्वति आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्क सिह रोकायको अध्यक्ष तथा अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिह मन्याँलको प्रमुख आथित्यता र ग्रामीण जलस्रोत ब्यवस्थापन डडेल्धुराका प्राविधिक विज्ञ बाशुदेव पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय