दार्चुला, मंसिर २५ । जिल्ला अस्पताल दार्चुलाको न्युनतम सेवा मापदण्ड मापन गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुको गुणस्तर उकास्न न्युनतम मापदण्ड मापन गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयको वार्षिक कार्योजना अनुसार देशभरीका सरकारी अस्पतालहरुको न्युनतम सेवा मापदण्ड मापन गर्ने गरिएको जिल्ला अस्पताल दार्चुलामा न्युनतम सेवा मापदण्ड मापन गर्न आउनु भएका जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिन्टेडेण्ट बसन्तराज जोशीले बताए ।

सरकारको निति अनुसार सन २०१३ देखी अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड मापन गरिन थालेको उनले जानकारी दिए । अस्पतालहरुको सेवा गुणस्तर उकास्न न्युनतम सेवा मापदण्ड गर्ने गरिएको बताइएको छ । जिल्ला अस्पताल दार्चुलाको चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा न्युनतम सेवा मापदण्ड मापन गरिएको छ । जिल्ला अस्पताल दार्चुलाको न्युनतम सेवा मापदण्ड मापन गर्दा जनशक्ति, प्रशासन, आर्थिक र स्वास्थ्यको क्षेत्रमा कार्यसम्पादनमा राम्रो देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिन्टेडेण्ट जोशीले बताए ।

सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा एमडिजिपी चिकित्सकहरुले सेवा दिइरहेको भन्दै उनले अस्पतालको न्युनतम सेवा मापदण्ड निकै राम्रो रहेको बताए । अस्पतालले कोरोना संक्रमण तिब्र फैलिरहेका बेला सिमित स्रोत साधनका बाबजुत उचित सेवा प्रदान गरेको, स्तनपान गराउने आमाहरुका लागी छुट्टै कक्ष निर्माण, अक्सिजन प्लान्ट स्थापनाको तयारी लगायतका कार्यले अस्पतालको न्युनतम सेवा मापदण्ड मापनमा राम्रो अंक प्राप्त गरेको बताइएको छ ।
अस्पतालले धेरै कुराहरु राम्रो गरेको भए पनि फोहोर व्यवस्थापन गर्ने कुरा अलिकति नमिलेको उनले बताए । फोहोर संकलन गर्दा कुहिने र नकुहिने गरी छुट्टा छुट्टै गर्ने तथा व्यवस्थापन गर्दा सबै एकै ठाउँमा व्यवस्थापन गर्ने कुरा नमिलेको बताइएको छ । अगामी दिनहरुमा फोहोरको व्यवस्थापन पनि छुट्टा छुट्टै गर्नेकुरामा विस्वास व्यक्त गरिएको छ । न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पतालले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रशासनिक क्षेत्रमा ४७ प्रतिशत, क्लिनिकको क्षेत्रमा ५६ प्रतिशत र स्वास्थ्यको क्षेत्रमा ५५ प्रतिशत अंक प्राप्त गरेको सेवा मापनमा आउनु भएका जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिन्टेडेण्ट बसन्तराज जोशीले बताए । जिल्ला अस्पताल दार्चुलाको न्युनतम सेवा मापदण्ड ३÷४ महिना पछि दोस्रो चरणमा गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय