
दार्चुला, मंसिर २५ । चिसो समयमा कुखुरा पालन गर्ने ब्यवसायीले धेरै कुरालाई ध्यानमा राख्दै काम गर्नु पर्ने हुन्छ । चिसोको समयमा कुखुरा पालन ब्यवसाय वाट धेरै फाइदा कमाउने ब्यवसायीले विविध पक्षमा ध्यान पुयाएर काम गरे भरपुर फाईदा हुन जान्छ ।
अवको ४ दिन पछि शुरु हुने लागेको पौसको महिनामा अत्यधिक चिसो हुने भएकाले पट्रोलियम गेस, कोइला, दाउरा, हीटरको ब्यवस्था चिसो हुनु भन्दा पहिलानै गर्नपर्दछ । यो समयमा कुखुरा फार्ममा न्युनतम तापमान ९५ डिग्री फेरनहाईट हुनुपर्दछ ।
बेलुका चिसो हुने भएकाले विहानको समयलाई कुखुराको हेरचाह दानापानीका दृष्टिकोणले उपयुक्त मानिने गर्दछ । यो समय अत्यधिक चिसो हुने हुँदा कुखुरालाई दाना सँगै पानी तताएर दिनुपर्दछ । यदि पानी चिसो छ भने पोलिथीनको गोलसेडमा छोपेर हावा निशेधित गर्न पनि सकिन्छ । चिसोको समय कुखुराहरुलाई चिसो भर्इं खोकी पनि लाग्ने भएकाले जतिसक्दो तातो वातावरण सिर्जना गर्नु पर्दछ ।
चिसोको समयमा १० डिग्री सेण्टीग्रेड भन्दा कम तापक्रम भएमा कुखुरा फार्ममा प्लास्टिक ,वोरा, लगायतका न्यानो लुगा विछ्याउनु पर्दछ । कुखुरा फार्ममा सिट अनुसारको कुखुरा हुन आवश्यक हुन्छ । र यो समयमा फार्ममा अगो र हिटर आवश्यक हुन्छ । धुवाँ वाहिर निकाल्नु पर्ने हुन्छ नत्र भने कुखुराहरु लाई श्वासप्रश्वासमा समस्या भइ मर्न जान्छन् ।
चिसो समयमा विहान २ घण्टा सम्म घामको छाया प्रवेश हुनुहुदैन । चिसो समयमा फार्ममा प्रयोग भएका पुराना कपडा लगायतका अन्य कुनै फोहर सामानहरु छन भने फेरीदिनु पर्छ । फार्म भित्रको सानासना घाँसका विरुवाहरु निकल्नु पर्दछ । समय समयमा प्रयोगहुने गरेका सामानहरुलाई राम्रो सँग पखाल्नु पर्दछ । यो समयमा दाना पानीको माग वढि हुने गर्दछ । यदि माग नवढेको खण्डमा कुखुराहरुमा कुनै न कुनै प्रकारको संक्रमण भएको भन्ने कुराको ब्यवसायीले थाहा पाउँनु पर्दछ ।
कुखुरादानी प्रत्यक समय झुन्डाउनु पर्ने हुन्छ । यो समयमा पानी चिसो हुने भएकाले यसको माग भने निकै कम हुन्छ । पानीलाइ सफा वनाउनको लागी विषादीरहित इसमें एक्वाक्योर (Aquacure) मिलाउनु पर्दछ ।