दार्चुला मंसिर २५ । जिल्लाको ब्याँस गाउपालिकाको वडा नम्वर २ राप्लाको रिबुधारमा रहेको नेपाल टेलिकमको सोलार प्यानल कोठेधारका स्थानियले आफ्नो घरमा ल्याएका छन ।
ब्याँस गाउँपालिकको धौलाकोट, सुन्सेरा, सिना ,राप्ला, माल, दुम्लिङ,कल्जु, लगायतको क्षेत्रलाइ टेलिफोन सेवा मार्फत सम्पर्कमा जोड्ने उक्त नेपाल टेलिकमको सोलार प्यानल चोरी गरी स्थानियले आफ्नो घरमा ल्याएको वुझिएको छ । रिबुधारमा रहेको नेपाल टेलिकमको नमस्ते सिमको टावरमा ४ जि समेत जडान गरिएको थियो ।

सोही रिबुधारको टावरको सोलार प्यानल उक्त ठाउबाट निकाली कोठेधार पुर्याइ आफ्नो घरमा लगाएको भनी सामाजिक संजाल फेशवुकमा ब्याँस २ मालका स्थानिय चट्टान कार्कीले लेखेका छन । टावरवाट १ मात्रै सोलार प्यानल चोरी भएको स्थानियले वताएका छन ।
यो बारे नेपाल टेलिकमलाई वुझ्दा कुनै जानकारी नभएको वुझिएको छ । चोरीको वारे जिल्ला प्रहरीलाई पनि जानकारी नभएको जिल्ला प्रहरीका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय