दार्चुला, मंसिर २५ । जिल्लाको अपिहिमाल गाउँपालिकामा संचालित खानेपानि योजना र बिद्यालयलाई पुर्ण सरसफाई युक्त घोषणा गरिदै आईरहेको छ । शनिवार गाउँपालिकाको वडा नम्वर ४ मा रहेको तामाखानी आधार बिद्यालय चौविसनलाई तिन तारे बिद्यालय घोषणा गरिएको खानेपानि सरसफाई तथा स्वच्छता अपिहिमाल गाउँपालिकाका जलस्रोत अधिकृत मनोरथ जोशीले जानकारी दिए ।
बिद्यालय खानेपानि सरसफाई तथा स्वच्छता ब्यवस्थापन कार्यविधि २०७४ अनुसार विद्यालयले १० वटा सुचकहरुमा रहेका मापदण्डहरुको पुर्ण पालना गरेको पाईएकाले ३ वटा तारा प्रदान गर्दै बिद्यालयलाई पुर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिएको हो । खानेपानि वाट लाग्ने विभिन्न प्रकारका रोगहरुलाई न्युनिकरण गर्नका लागि खानेपानिका योजनाहरुलाई एक पछि अर्को गर्दै सरसफाई युक्त योजना घोषणा गरिन लागिएको छ । तामाखानी आधार बिद्यालय चौविसनका ब्यवस्थापन समितिका अध्यक्ष रविन सिह ठेकरेको अध्यक्षता तथा अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिह मन्याँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट आतिथि प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिह धामी रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय