दार्चुला, मंसिर २६ । सरकारी कार्यालयमा नयाँ चुच्चे नक्सा नभेट्टीए विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले कारबाही गर्ने चेतावनी सहित जिल्ला सदरमुकाम खलंगाका केहि सरकारी कार्यालयहरुमा आईतवार अनुगमन गरेको छ ।

भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ चुच्चे नक्सा हरेक सरकारी कार्यालयमा लगाउन पार्टीले ह्विप जारी गरेको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।

अनुगमनका क्रममा नेपालको नयाँ नक्सा नभेट्टीएको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दार्चुलामा पार्टीका कार्यकर्ताहरुले जबरजस्त रुपले चुच्चे नक्सा टाँसेको उनले बताए ।

राष्ट्र र राष्ट्रियताका पक्षमा आफ्नो पार्टी खरो रुपमा अगाडी बढीरहेको भन्दै उहाले सबैजसो सरकारी कार्यालयहरुमा चुच्चे नक्सा राखे नराखेको बारे अनुगमन गरिरहेको बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले आज जिल्ला सरकारी कार्यालयहरु महाकाली नदि नियन्त्रण आयोजना, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र, सरकारी वकिलको कार्यालय र जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दार्चुलामा अनुगमन गरेको सचिव मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय