मनिसा विष्ट, ब्याँस । महिनावारी स्वच्छता, पोषण, सरसफाई, लैङ्गिक हिंसा र बालाविवाह रोकथाम सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ब्याँस गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख केशव राज ओझाले जानकारी दिए ।

विद्यमान अवस्थामा देखापरिरहेका सामाजिक कुरीती, अन्धविश्वास र रुढिपादीपनलाई न्यूनीकरण गर्ने अपेक्षा अनुसार कार्यक्रम संचालन गरिएको शाखा प्रमुख ओझाको भनाई छ ।

ब्याँस पालिकाभित्र संचालनमा रहेका कक्षा ६ देखी १२ कक्षामा अध्ययनरत छात्रा र १÷१ महिला शिक्षकहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका भित्र रहेका ५ वटै माध्यामिक बिद्यालयवाट ५÷५ जना छात्रा र १÷१ जना महिला शिक्षक गरि कार्यक्रममा जम्मा ५० जनाको  सहभागीता रहेको थियो  ।

कार्यक्रम समय सापेक्ष निकै उपलब्धिमुलक रहेको भन्दै कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको शिक्षा शाखालाई विशेष धन्यवाद दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय