दार्चुला, मंसिर २७ । जिल्लाको महाकाली नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका अवैधानिक ट्युसन सेन्टर बन्द गर्ने नरपालिकाले चेतावनी दिएको छ । कानुनी रुपमा दर्ता नभई केहि अवैधानिक ट्युसन सेन्टरहरु संचालनमा रहेको भन्ने लिखित गुनासो कार्यालयमा आएकोले बन्द गर्न सार्वजनिक सुचना मार्फत चेतावनी दिएको हो ।


साथै बिद्यालयमा समेत बिद्यार्थीहरुवाट अतिरिक्त शुल्क लिई कक्षाहरु संचालन भैरहेको भन्ने जानकारी आएकाले निशुल्क रुपमा कक्षा संचालन गराउन जानकारी गराएको छ । निमित्त प्रमुख नरसिह बडालद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा निशुल्क रुपमा कक्षा संचालन गराउन र बैधानिक रुपमा ट्युसन सेन्टर संचालन गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय