दार्चुला, मंसिर २७ । शैद्धान्तिक रुपमा नेपाल सरकारले र ब्यवहारिक रुपमा विद्यालयले कुनै पनि विद्यार्थीहरुवाट शुल्क नलिईरहेको टुडिखेल आधारभुत विद्यालय खर्राका प्रधानाध्यापक भागरथी कार्कीले बताउनु भएको छ ।
विद्यार्थी भर्ना शुल्क, भौतिक शुल्क, शैक्षिक शुल्क, कम्प्युटर शुल्क, सरस्वती पुजा शुल्क, शैक्षिक भ्रमण शुल्क, परिक्षा शुल्क, स्थानान्तरण शुल्क लगायतका अन्य शुल्कहरुमा विद्यालयले शुल्क नलिईरहेको बताउनु भयो ।
“विद्यालयमा आयश्रोत पनि छैन, मौजाद पनि छैन, आफुले मसलन्द खर्च र अपुग भएको पैसा तलबवाट समेत खर्च गरेर निःशुल्क शिक्षाका लागी प्रयास गरिरहेको उनले सिद्धटोपी अनलाईन खबर सँग भनिन”
गुणस्तरीय शिक्षा र विद्यार्थी संख्या बढेको भन्दै स्थानिय सरकार दुहुँ गाउँपालिका, सामुदायिक ग्रामिण बिकाश सामाज (सिआरडिएस) र हालै प्रदेश सरकारले पनि बालविकास शिक्षक पुरुस्कार दिएको जानकारी दिए ।
गुणस्तरीय शिक्षा आफु लगायत शिक्षक स्टापहरुले प्रदान गर्दै गर्दा पनि केहि स्थानियको असहयोगले आफुलाई अवरोध खडा भएको वताईन ।
स्थापनाको ५० औ बर्ष सम्म पनि विद्यालयको आफ्नो जग्गाधनी लालपुर्जा नभएको, दसकौका २ पुराना भवन निर्माण पश्चात पनि हस्तान्तराण हुन नसकेको कारण विद्यालय भवनको चरम अभाव वाट गुज्रिरहेको वताउनु भयो ।
बिगतमा जग्गा दान पत्र समेत रोकिएको, धराशायी भएको विद्यार्थी संख्या उल्लेख्य बृद्धि भएको विद्यालयमा बिद्युतका लागि ब्यवस्था भैरहेको बताउनु भयो । अब केहि दिनमा ८ कम्प्युटर जडान हुने र प्रोजेक्टर का माध्यमवाट शिक्षण समेत शुरु हुने भएको उनले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय