दार्चुला, मंसिर २८ । जिल्लामा बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । तारा किशन फाउण्डेशन (इन कर्पाेरेशन) को आयोजना तथा हिमाल डेण्टल हस्पिटल एण्ड इन्सिच्युट अफ डेन्टल साईनसको सहकार्यमा कार्यक्रम हुन लागेको हो । बरिष्ठ साहित्यकार एवम पुर्ब प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा आउँदो फागुन २० गते देखी २२ गते सम्म जिल्ला सदरमुकाम खलंगामा हुने भएको छ ।
स्थानिय भाषा, लोक संस्कृति, लोक साहित्य, राष्ट्रिय र स्थानिय चाडपर्वलाई देशभरी तथा विश्वमा छरिरहेको पश्चिमेलीहरुलाई एउटै थलोमा पहिचान गराउने, पर्यटकीय स्थलहरुको अध्ययन गरी प्रर्यटन प्रवद्र्धन गर्ने लगायतका थुप्रै उदेश्यहरु लिएर जिल्लामा बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुन बताईएको छ ।

बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन कार्यक्रममा अनुमानित ४७ लाख रुपैया खर्च हुन सक्ने सम्भावना रहको छ । कार्यक्रमको कुल खर्चको ५० प्रतिशत रकम सहयोग गर्ने कार्यक्रम प्रायोजक रहने छ भने सहप्रायोजक २५ प्रतिशत रकम सहयोग गर्ने रहने छ । ५ प्रतिशत रकम सहयोग गर्नेले कार्यक्रम सहयोगी रहने आयोजकले जनाएको छ । बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा संयुक्त राज्य अमेरिका, भारत त्यसै गरी अन्य विभिन्न देशका साहित्यकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

धार्मिक तथा ऐतिहासिक स्थानहरुको धरोहर लिपुलेक र लिम्पियाधुराकोको आँगन तथा शैल्य मालिकार्जुनको काख, दुहुँ क्षेत्रकै शक्तिशाली देवता ब्रह्मको छेउमै हुन गइरहेको बृहत साहित्य सम्मेलनमा पालिका स्तरीय झाँकी तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने छन । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत उपस्तिथि रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय