दार्चुला, मंसिर २८ । नेपाल टेलिकमको अप्टिकल फाईबरको लाईन बिस्तारको कार्य भैरहेको छ । यस अघि संचालनमा रहेको माईक्रोवईभ लिकलाई विस्तापित गरि अप्टिकल फाईवर मार्फत सेवाग्राही लाई ईन्टरनेट तथा फोन सेवा उपलब्ध गराउने उदेश्यले लाईन विस्तार भैरहेको नेपाल टेलिकम दार्चुला प्राविधिक प्रलाद अधिकारीले जानकारी दिए ।
अहिले जिल्ला सदरमुकाम खलंगाको नेपाल टेलिकमको टावर देखी गोकुलेश्वर टावर सम्म तिव्र गतिमा लाईन विस्तारको कार्य भैरहेको निर्माण कम्पनिले जनाएको छ ।
जिल्ला सदरमुकाम खलंगाको टावर देखी महाकाली नगरपालिकको ६ निसिल सम्मको १२ किलोमिटर सम्मको लाईन विस्तार भैसकेको र वाकि रहेको काम १५÷२० दिन भित्रै सम्पन्न हुने हाईवे लिंक प्रा.लिका प्रतिनिधि रुचन भण्डारीले जानकारी दिए ।
डडेल्धुरा, बैतडी हुँदै गोकुलेश्वर सम्मको नेपाल टेलिकमको टावरमा यसअघिनै अप्टिकल फाईबरको विटीयस जडान भैसकेको छ ।
लाईन जडान पछि जिल्लामा ईन्टरनेट र ल्यान्डलाईन सेवा गुणस्तर हुने टेलिकम दार्चुलाले जनाएको छ ।