
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदान सम्पन्न भएको छ । पहिलो चरणभन्दा दोस्रो चरणमा एकसय भन्दा बढी मतदाता गयल भएका छन् । पहिलो चरणमा ४६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४५६३ मत मात्रै खस्यो ।पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलाे चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ । देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन् ।Nepal Press