नयाँ दिल्ली । भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परी बाँचेका सेनाका क्याप्टेनको पनि निधन भएको छ । उपचारका क्रममा उनको बुधबार निधन भएको हो ।
भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत र उनकी पत्नी सहित १४ जना चढेको सेनाको हेलिकोप्टर डिसेम्बर ८ मा तामिलनाडूको कुन्कूरमा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा भारतीय सेनाका सीडीएस रावत सहित १३ जनाको सोही दिन निधन भएको थियो । उक्त दुर्घटनामा परी बाँच्न सफल भएका भारतीय सेनाका ग्रुप क्वाप्टेन वरुण सिंहको उपचारका क्रममा बुधबार निधन भएको भारतीय संचारमाध्यमहरुमा समाचार छ । क्याप्टेन सिंह उत्तर प्रदेशका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय