दार्चुला, मंसिर २९ । बाख्रा पालन व्यवसायबाट लेकम गाउँपालिका ५ अम्कुर पोलेखानीका धमला (बोहरा) परिवारको जिवन स्तर उकासिएको छ । अन्य क्षेत्रमा खासै आम्दानी नदेखेपछि २०७२ सालमा २ बाख्रावाट बाख्रा पालन ब्यवसाय सुरु गरेर अहिले ९० वटा बाख्रा आफु सँग रहेको धमला बहुउदेश्यि कृषि फर्मकि संचालिका सम्झना धमला (बोहराले) बताईन ।
बाख्रा पालन व्यवसाय नमुनाकै रूपमा विकसित भएको धमला बहुउदेश्यि कृषि फर्ममा अहिले जमुना पारी र खरी जातका बाख्राहरु देख्न सकिन्छ । आफ्नै जमिनमा विभिन्न प्रकारको घासँ खेति गरेर बाख्रा पालन ब्यवसाय गर्दै आईरहेकि धमलाले बार्षिक रुपमा ४÷५ लाख रुपैया सम्म आम्दानी गर्ने गरेको बताईन । उनको बाख्रा पालन फर्मबाट जिल्ला र जिल्ला वाहिर पनि खसीबोका जान थालेका छन ।
अन्य ब्यवसायको तुलनामा बाख्रा पालन व्यवसायबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुन थालेपछि श्रीमान तारा सिह बोहरालाई बिदेश जानबाट रोकेर ब्यवसाय शुरु गरेको उनले वताईन । बाख्रा पालन ब्यवसायमा प्रत्यक्ष रुपमा आफु र श्रीमान लागेको वताईन । उनका अनुसार खसि बोकाहरु दशै र तिहारको समयमा सवैभन्दा बढी रेटमा जाने र अन्य समयमा पनि घरमै ग्राहकहरु आएर किन्ने वताइन ।
जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलावाट ३ लाख रुपैया लिएर आधुनीक बाख्रा पालन खोर निर्माण गरेको भएपनि स्थानिय सरकार लेकम गाउँपालिकावाट कुनै अनुदान नपाएको वताईन । खसि, बोकाको मुल्य जिउँदै प्रति किलो ४ सय ७० का दरले घरमै बिक्रि भैरहेको वताईन । बाख्रा पालन ब्यवसायवाट २ छोरा, छोरी र श्रीमान श्रीमतिको आधारभुत आवश्यकता पुर्ति भैरहेको वताईन ।
पूर्वको ओखलढुङगा माईतिघर भएकी धमला शुदुरपश्चिमको अति विकट पहाडी जिल्ला दार्चुलामा बाख्रा पालन ब्यवसायलाई ब्यवसायीक रुपमा अंगाल्दै अघि वढेकि छिन । १५ दिनको बाख्रा पालन सम्वन्धि तालिम केहि समय अगाडि उनले धनगढीमा लिएकी थिईन ।
कुनै निकायवाट सहयोग भए माछा पाल्ने योजना बनाएकी धमलाले आफ्नै लगानीमा माछा पोखरी बनाएको तर माछा हाल्ने पैसा र अनुभव नभएका कारण माछा पालन ब्यवसाय सुरु गर्न सक्नु भएको छैन । यसरी अन्य कुनै ब्यवसाय नगरी बाख्रा पालन ब्यवसाय गरेको धमला परिवारको जीवनस्तर उच्च छ । उनले मंगलवार मात्रै भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार पाएकि हुन्न ।