दार्चुला । नेपाली सेनाको जवान (सैन्य) पदका लागी दार्चुलाबाट ३ सय ७४ जनाले लिखित परिक्षा दिएकोमा १ सय ९ जना मात्रै उत्र्तिण भएका छन् । लोकसेवा आयोगको कार्यालय दिपायल डोटीले मंसिर १८ गते लिएको परीक्षामा १ सय ९ जना उत्र्तिण भएका हुन् । वियरिङ्ग, दौड, सिटअफ, पुसअफ, चिनअफ, प्रि–मेडिकलमा पास भएका ३ सय ७४ जनाले लिखित परिक्षा दिएका थिए । दार्चुलाको गुरु गोरख गुल्ममा ७५ जना सैन्यपदका लागी भर्ना खुलेको थियो । जम्मा ७५ जनाको माग रहेकोमा १ हजार १ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ७ सय ३९ जना फिजिकलमा असफल (फेल) भएका थिए । नेपाली सेनाले दार्चुलाबाट खुल्ला तर्फ ३९ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷ मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ २, महिला तर्फ ७, आदीवासी जनजाती तर्फ ११, मधेशी तर्फ १०, दलित तर्फ ५ र पिछडिएको क्षेत्र तर्फबाट १ जना गरी जम्मा ७५ जनाको माग गरेको थियो । ३ सय ३८ जना पुरुष तथा ३६ जना महिलाले लिखित परिक्षामा सहभागिता जनाएकोमा १५ जना महिला तथा ९४ जना पुरुष लिखित परिक्षामा पास भएको लोकसेवा आयोगको कार्यालय दिपायल डोटीले जनाएको छ । लिखित परिक्षामा उत्र्तिण भएका उम्मेदवारहरुको विस्तृत मेडिकल र अन्तरवार्ता पौष महिनाको दोस्रो हप्ता देखी संचालन गरिने गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ । विस्तृत मेडिकल र अन्तरवार्ता संचालन सम्बन्धि गुल्मले सुचना जारी गर्ने गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले गत भदौ १८ गते देशभरीबाट ४ हजार सैन्य पदका लागी भर्ना खोलेको थियो ।