मनिसा बिष्ट ब्याँस । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर ४ डोवका बेरोजगार महिलाहरुका लागी संचालित ३ महिने सिपमुलक ब्यवसायीक मौरी पालन तालिम सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिईभिटि) धनगढी, सुदुरपश्चिम प्रदेशको सामाजिक बिकाश मन्त्रालय र स्थानिय सरकार ब्याँस गाउँपालिकाको आर्थिक सहयोग तथा सम्पाल माध्यामिक बिद्यालय सुन्सेराको साझेदारीमा तालिम संम्पन्न भएको हो ।

तिन महिना अगाडि  बिद्यालयको साझेदारीमा संचालित मौरिपालन ब्यवसायीक तालिम बिहीवार सम्पन्न भएको तालिम संयोजक सुरेन्द्र चौसीरले जानकारी दिए ।
तालिममा  सम्पाल माध्यामिक बिद्यालयका प्रधानाध्यापक बल्देब सिह धामी सभापती रहनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तालिम केन्द्र (सिटिईभिटि) का बिज्ञ मिलन प्रसाद भट्ट रहनु भएको थियो ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवम (सिटिईभिटि) का बिज्ञ भट्टले तालिमका सहभागीहरुलाई आफुले सिकेको सिप सदुपयोग गरि ब्यवसायीक कृषक हुन आग्रह गर्नु भएको छ ।

बेला बेलामा यस्तै खालका तालिमहरु आवश्यक रहेको भन्दै तालिममा सहभागीहरुले तालिम संचालन गर्ने तिनै निकाय र साझेदारी निकाय बिद्यालय परिवारलाई धन्यवाद दिएका छन ।
तालिमको प्रशिक्षण सम्पाल माध्यामिक बिद्यालयमा कार्यरत कृषि जेटिए तर्फका शिक्षकहरुले गर्नु भएको हो ।
अदुवा खेतीको बारेमा संचालित तालिमको भोली समापन हुने बिद्यालयका प्रधानाध्यमपक धामीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय