दार्चुला, पुस २ । बिष सेवन गरेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्वर २ लटिनाथकि २० बर्षिय अन्जु विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गत मंसिर २८ गते दिउँसो घरमै बिष सेवन गरेकी महिलाको उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा डडेल्धुरा अस्पताल नपुग्दै बिचवाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

तर पोष्टमार्टमका लागि शव डडेल्धुरा अस्पतालले लगिएको हो । अस्पतालले पोष्टमार्टम गरि शव आफन्तलाई दाहा सस्कारको लागि दिएको भएनि माईती पक्षले घटना संकास्पद लिएका कारण शवको दाह संस्कार हुन सकेको छैन । अहिले शव जिल्ला अस्पताल दार्चुलामा रहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय