दार्चुला, पुष २ । कोभीड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । कोभीड १९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवम निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अध्यक्षतामा सम्पन्न बैठकले बिविध निर्णय पारित गरेको छ ।
कोभीड १९ रोकथाम तथा नियन्त्रणका लागि हाल खोप अभियान संचालन भैरहेको सन्दर्भमा दार्चुला जिल्लाको लागि प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बाट १५ हजार ६ सय मोडर्न १० डोज खोप उपलब्ध भएको हुँदा जिल्लामा रहेका १२ देखी १७ बर्ष उमेर समुहका सम्पूर्ण किशोर किशोरीहरुलाई यहि पौष ५ गते देखी ८ गते सम्म नौ वटै स्थानीय तह अन्तर्गत रहेका खोप केन्द्रहरु ( बिद्यालय, स्वास्थ्य संस्था, नियमित खोप केन्द्रहरु) बाट खोप प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल सरकारको नीति अनुरुप आगामी चैत्र महिना भित्र लक्षित समुहका सबै नागरिकहरुलाई कोभीड १९ बिरुद्धका खोप प्रदान गर्ने रहेकोमा दार्चुला जिल्ला कोभिड १९ बिरुद्धको खोपको पहुँच बढाउन स्थानीय तहहरुबाट १८ बर्ष माथिको उमेर समुहमा खोप लगाउन छुट भएका नागरिकहरुको प्राप्त बिवरण र स्वास्थ्य कार्यालयमा खोपको उपलब्धताको आधारमा नियमित खोप सेसनहरुबाट नै कोभिड १९ बिरुद्धको खोप (भेरोसेल, कोभिशिल्ड) प्रदान गर्ने र कोभीड १९ बिरुद्धको खोप अभियान लाई प्रभावकारी रुपमा संचालन गरि पहूँच बढाउन दार्चुला धार्चुला सिमानाका, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल खोप केन्द्र स्थापना गरि १८ बर्ष वा सो भन्दा माथिका खोप लिन बाकी ब्याक्तिहरुलाई कार्यालय संचालन भएको दिनमा निरन्तर खोप उपलब्धताको आधारमा खोप सेसन संचालन गर्ने निर्णय गरिएको हो ।
बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामी, जिल्ला स्थित शुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख एवम प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।