प्रेमराज जोशी दार्चुलाः दार्चुला जिल्लाको दुहुँ गाउँपालीकामा निर्माणाधिन थल सिलङचौरा वहुउदेश्यिय झोलुङगे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालीको वडा नं. १ र वडा नं. ५ लाई जोड्ने गरी निर्माण भैरहेको झोलुङगे पुलको ९७ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनिले जनाएको छ ।
सवै लठ्ठाहरु तानी माथि पलेट राखिसकेको र जाली राख्ने सपोटिङ लठ्ठा तान्ने काम भैरहेको छ । सपोटिङ लठ्ठा राखी दाँया वाँया जाली राखी आवत जावतको लागी केहि दिनमै खुल्ला रहने जानाएको छ ।
नेपालकै द्रोस्रो ठुलो झोलुङगे पुलको लम्वाई ३ सय ७२ मिटर छ भने उचाई १ सय ९० मिटर रहेको छ । १ करोड ९९ लाख रुपैयाँ लागतमा निर्माणाधिन पुल सम्झौता अनुसारको समय भन्दा केहि ढिलो गरी निर्माण भएको सव ईन्जिनियर दिलालन्द जोशीले जानकारी दिए ।
सम्झौता मितिमा कोरना कहरका कारण ठेकेदार कम्पनीले काम नगरेकोले केहि ढिला हुन पुगेको गाउँपालिकाले जनाएको छ । पुल निर्माणका लागी हेल्भीटासले वोल्डग्रिफ र लठ्ठा उपलब्ध गराएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs