दार्चुला, पुष ४ । एक युवाले दुबई पठाईदिने सपना देखाउदै दुहुँका जमन सिह कार्कीवाट लिएको ३५ हजार रुपैया ३ बर्ष सम्म पनि फिर्ता हुन सकेको छैन । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ५ का कार्कीलाई दुबै पठाईदिने भन्दै खातामा ३५ हजार जम्मा गर्न लगाएको ३ बर्ष भैसक्यो नत कार्कीको हातमा छिटो गरी पासपोर्ट नै आईपुग्यो न त भिसा नै आयो ।

आफ्नो गाउँ आफ्नो ठाउँ सम्झी पिडित कार्कीले छिमेकि गाउँपालिका ब्याँस ३ तुसरपानिका दिपक डडाललाई २ प्रतिशत ब्याँजमा ऋण निकाली पैसा पठाए तर ३ बर्ष सम्म पनि दुबई दुबैको भिसा आएन । अहिले बिदेश दुबई जाने सपना बुनेका युवा भारतको तामिलनाडुमा ज्याला मजदुरी गर्दै आईरहेका छन । उनलाई सम्पर्क गर्दा फोन सम्पर्क बिहिन बन्न पुगेको छन ।
फोन सम्पर्कमा डडालले काठमाडौं आउनु दुबई पठाईदिन्छु मासिक सेवा शुबिधा पनि राम्रो छ भनि बोलाएको र आफू गएको पिढित कार्कीले सिद्धटोपी अनलाईन खबरलाई जानकारी दिए ।

दुहुँ गाउँपालिका ५ का जमन सिह कार्की मात्रै होईन अरु युवाहरुपनि डडालको सिकार बन्न पुगेको जानकारी आएको छ । भिसा लगाएका युवाहरुलाई डिपोजिट राखे छिटो भिसा आउने भन्दै आश्वासन देखाएको र आफुहरुले पैसा दिएको बताउँदै आएका छन । जमन सिह कार्कीले ६ हजार नगद पैसा दिएको र २९ हजारको जनता बैंकमा दिपक सिह डडालको नाममा जम्मा गरेको भौचर समेत हाम्रो अनलाईन खबरलाई पठाउनु भएको छ ।

अनलाईन खबरका कार्यकारी प्रमुख प्रेमराज जोशीले उनलाई फोन सम्पर्क गरी बुझ्दा आफुले पैसा नखाएको र अर्काेले पैसा खाएको बताए । आफुलाई खाली जमन सिह कार्कीले चरित्रहत्या गर्ने गरी सामाजिक संजालमा आरोप लगाएको भन्दै आफु कार्कीलाई खासै नचिन्ने बताए । आफुले पैसा नखाएको दोहोर्याउदै आफ्नो ज्वाँई नाता पर्ने मेनपावरमा काम गर्ने मान्छेले पैसा खाएको बताउँदै आएका छन ।

गत साता यो बारे समाचार सम्प्रेषणको लागी डडाल सँग सम्पर्क गर्दा आफुले अरु कसैको पैसा नखाएको र आईतवार (आजको दिनमा) जमन सिह कार्कीको ३५ हजार रुपैया फिर्ता गर्ने भन्दै समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेपछि हाम्रो अन्लाईन खबरले समाचार सम्प्रेषण पनि गरेन । तर आज उनलाई फोन गर्दा कुनै बेला सम्पर्क भैरहेको छैन त कुनै बेला फोन उठ्न सकेको छैन । डडालले पैसा नखाएको भन्दै आएपनि कानुनी रुपमा उनको नाममा बैंक भौचर रहेकोले उनले नै खाएको हो भन्ने प्रष्ट हुने देखिन्छ ।

त्यस्तै डडालले नै दुहुँ गाउँपालिका ५ का भूपेन्द्र सिह बडालबाट एकलाख रुपैयाँ लिएको तम्सुक बनाएका छन । उनको पनि अहिले सम्म फिर्ता हुन नसकेको पिडितले बताएका छन । तम्सुक तल सुरक्षित छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय