महेन्द्रनगर । सुदूरपश्चिमका चर्चित देउडा गायक्कलाकार भानुभक्त जोशीले ज्यान लिने गरी आफूमाथि भौतिक रुपमा आक्रमण भएको बताएका छन् ।  उनले शनिवार राती घाइते अवस्थाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै आफूलाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका कांग्रेस सभापतिका छोरा रुपेश साउदले ज्यान लिने उद्देश्यले बन्द कोठामा आक्रमण गरेको बताएका छन् । तस्बिरमा उनको अनुहारमा चोट लागेको देखिन्छ । जोशी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् ।

जोशीको अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको तर घटनाका बारेमा उनले केही जानकारी नगराएको कञ्चनपुर प्रहरीले जनाएको छ । जोशीले मदिरा सेवन गरेको र घटना विवरण पनि भन्न नचाहेको प्रहरीको भनाइ छ । जोशीले फेसबुकमा आफू थप उपचारका लागि धनगढीको अस्पतालमा गइरहेको बताएका छन् ।

जोशी पटकपटक बिबादमा आइरहने कलाकार हुन् । देउडा गीत गायन र डोटेली भाषाको हास्यव्यङग्य सिरियल बनाएर चर्चामा आएका जोशी यसअघि एकजना युवती सँगको आपत्तिजनक भिडियोका कारण बदनाम भएका थिए । सिमा रेखा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय