दार्चुला । सुदुरपश्चिम प्रदेश प्रहरी बरिष्ठ उपरीक्षक जनक राज पाण्डे आईतवार दार्चुला आईपुग्नु भएको छ । दिउँसो ४ बजे जिल्ला आई पुग्ने भएका एसएसपी पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा स्वागत गरिएको छ । एक दिने जिल्ला भ्रमणमा रहनु भएका पाण्डेले जिल्ला प्रहरी कार्यालयको निरिक्षण गर्नुका साथै प्रहरीलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरिक्षक माधब बिश्वकर्माले जानकारी दिए । पाण्डे भोली बिहानै फर्किने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय