दार्चुला, पुष । महाकाली नगरपालिका वडा नम्बर १ छापरीमा निर्माण गरिएको ‘छापरी भ्यु–टावर’ मा टावर चढ्ने र त्याहाबाट देखिने दृष्यहरु हेर्न तथा क्यामारामा कैद गर्ने अन्तरिक पर्यटकहरु बढेका छन् । समुद्री सतहबाट लगभग १ हजार ५ सय मिटर उचाईमा रहेको छापरी भ्यु–टावरबाट नेपाल तथा भारतका विभिन्न ठाउँका मनमोहक दृष्यहरु अवलोकन गर्न सकिन्छ ।

दार्चुला जिल्लामा अवस्थित अपिहिमाल लगायत अन्य हिमालका साथै भारतका हिमालहरु पनि टावरबाट अवलोकन गर्न पाइन्छ । ‘छापरी भ्यु–टावर’ मा अहिले अन्तरिक पर्यटकहरु दैनिक जसो आउने गरेको महाकाली नगपालिका वडा नम्बर १ का अध्यक्ष कल्यान सिंह कुवरले बताउनुभयो ।

‘छापरी भ्यु–टावर’ मा दार्चुला लगायत बैतडी जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गरेको अध्यक्ष कुवरको भनाई छ । ‘भ्यु–टावरमा जान्छन त्याहाबाट देखिने दृष्यहरु अवलोकन गर्दै रमाउछन हामीलाई यसैमा गर्भ लाग्छ वडा अध्यक्ष कुवरले भन्नुभयो ।’ ‘छापरी भ्यु–टावर’ मा अहिले दैनिक ८÷१० जना सम्म आन्तरिक पर्यटकहरु आउने गरेको वडा अध्यक्ष कुवरको भनाई छ ।

आर्थिक वर्ष २०७५÷०७६ बाट ‘छापरी भ्यु–टावर’ निर्माणका लागी पकृया सुरु भएको थियो । नगर क्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुको विकास गरी आर्थिक रुपमा समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ पर्यटकिय स्थलहरुको विकास गर्दै जाने नगर प्रमुख हंसराज जानकारी दिनुभयो ।

भ्यु–टावर संगै पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न रेष्टुरेन्ट, पार्क लगायत कुराहरु निर्माण गरिने उहाले बताउनुभयो । छापरीबाट महाकाली नगरपालिकाको बजार क्षेत्र, वडा नम्बर ३ मा अवस्थित डुङरी तिर्थ स्थल, गल्फै, किम्तडी, धाप तथा भारतको धारचुला, बलुवाकोट लगायतका ठाउँहरुको बस्ती अवलोकन गर्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय