दार्चुला । जिल्लामा सोमबारबाट १२ बर्ष देखी १७ बर्ष सम्मका बालबालिकालाई कोरोना बिरुद्धको मोर्डना खोप लगाउन सुरु गरिएको छ ।
विद्यालय उमेर समुहका १२ देखि १७ बर्ष उमेर समुहका सम्पुर्ण बालबालिकालाई विद्यालयमै र विद्यालय नजिकैको स्वास्थ्य चौकीबाट कोरोनाविरुद्धको मोर्डना खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका करिब २१ हजार बालबालिकालाई सोमबार (आज) बाट पुस ९ गते सम्म पहिलो मात्रा खोप लगाईने छ ।
जिल्लाका निजी र सामुदायिक गरी १ सय ३६ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मीको टोलीले खोप सेवा दिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिए ।

अहिले जिल्लामा मोर्डना खोपको १५ हजार ६ सय डोज खोप आएको छ । एक महिनापछि दोस्रो मात्राको खोप दिइने छ । ओमिक्रोनको संक्रमणको जोखिम बढेसंँगै बालबालिकाहरूमा पनि त्रास बढेको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिकामा ६ सय ९७ डोज खोप पठाइएको छ । त्यस्तै व्यासँ गाउँपालिकामा ७ सय २४ डोज, महाकाली नगरपालिकामा २९ सय २१ डोज, नौगाड गाउँपालिकामा २२ सय ५६ डोज पठाएको छ ।

दुहुँ गाउँपालिकामा ९ सय ५२ डोज, लेकम गाउँपालिकामा १३ सय २७ डोज , मालिकार्जुन गाउँपालिकामा १५ सय ९६ डोज, शैल्यशिखर नगरपालिकामा ३२ सय १३ डोज तथा मार्मा गाउँपालिकामा १७ सय १६ डोज गरी १५ हजार ४ सय डोज खोप पठाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय