दार्चुला । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका लागि खोलेको आवेदनमा दार्चुलाबाट १ सय ६५ जनाले आवेदन भरेका छन् । मंगलवारसम्म जिल्लाका १६५ जनाले आवेदन भरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी जवान र कार्यालय सहयोगी तर्फ १ सय ३३ पुरुष र ३२ जना महिला गरी १ सय ६५ जनाले आवेदन भरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।
प्र्रहरी प्रधान कार्यालयले देशभरीबाट प्रहरी निरीक्षकको लागि १ सय ४६, प्रहरी जवान १९ सय ७१, प्रहरी कार्यालय सहयोगी भान्से १ सय ६३, हजाम १०, सिलाई÷बुनाई १०, कुचीकार १० र धोबी १० जना गरी २३ सय २० जनाको लागि आवेदन खुला गरेको छ । मंसिर १९ गतेदेखि दरखास्त फाराम खुला गरिएकोमा यहि पुस २३ सम्म आवेदन दिन सकिने जनाइएको छ ।