दार्चुला : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिका लागि बजेट विनियोजन गर्न दार्चुलाका स्थानीय तह प्रमुखहरुले माग गरेका छन् । मंगलवार शिक्षा मन्त्रालयमा लिखित रुपमा उपस्थित भएका उनीहरुले शिक्षामन्त्री पौडेलसँग बजेट विनियोजनका लागि माग गरेका हुन् । जेठ १५ गतेको बजेट वक्तव्यमा जनाइए अनुसारको न्युनतम पारिश्रमिक संघीय सरकारले नै व्यवस्थापन गरिदिन माग गर्दै शिक्षामन्त्रीलाई लिखित रुपमै माग पत्रसहित ध्यानाकर्षण गराइएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिए ।
‘स्थानीय तहसँग स्रोत, साधन थोरै भएकाले संघीय सरकारबाट वृद्धि गरिएको रकम संघीय सरकारले नै व्यहोर्नुपर्छ, जसका लागि यथोचित व्यवस्था र बजेटको व्यवस्थापन स्थानीय तहमा गरिदिन माग गरेका हौ, उनले भने ।’ मागपत्र बुझ्दै शिक्षामन्त्री पौडेलले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि आवश्यक बजेट विनियोजन गर्नेतर्फ ध्यानाकर्षण भएको बताए ।
साथै उनले लिखित र संयुक्त रुपमा पहिलो पटक दार्चुलाका स्थानीय तहहरुबाट ध्यानाकर्षण पत्र आएको बताउदै आगामी बजेटमा उनीहरुका लागि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिए शिक्षामन्त्रीलाई महाकाली नगरपालिकाका प्रमुख हसंसराज भट्ट, शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकी र मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले संयुुक्त रुपमा मागपत्र बुझाएका छन् । यसैबीच दार्चुलाका मार्मा, नौगाड, अपिहिमाल र लेकम गाउँपालिकाले स्थानीय तहबाट सरकारले घोषणा गरेको न्युनतम पारिश्रमिक उपलब्ध गराउने बताएका छन् । dfm