दार्चुलाः लामो समय बन्द अवस्थामा रहेको डुङ्गरी जलविद्युत आयोजना मर्मतका लागि महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले सक्रियता देखाउनु भएको छ । विद्युत विद्युत पावर हाउँसभित्र बाढी पस्दा बन्द भएको उक्त जलविद्युत आयोजना मर्मतकां लागि मगलवार नगरप्रमुख भट्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसँग पावर हाउँस मर्मत तथा नगरपालिकालाई हस्तान्तरणका लागि अनुरोध गरेका छन् ।
महाकाली नगरपालिका वडा नम्वर ३ स्थित डुङ्गरी जलविद्युत आयोजना गत वर्षको साउनको महिना लास्कु खोलामा आएको बाढिले क्षति गरेको थियो । उक्त विद्युत गृह डेढ वर्ष बितिसक्दा पनि मर्मतसम्भार हुन सकेको छैन् । क्षतिग्रस्त विद्युत गृहको यथाशीघ्र तथा यथोचित मर्मतसहित नगरपालिकालाई हस्तान्तरण गरिदिन नेपाल विद्युत प्राधिकरणसँग अनुरोध गरिएको महाकाली नगरपालिकाका प्रमुख हसंसराज भट्टले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई ग्रामिण क्षेत्रमा विद्युतीकरण थप तथा सुधार कार्यलाई छिटो छरितो गर्नपनि माग गरिएको उनले बताए । स्थानीयहरुले नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र दार्चुलामा विद्युत गृह मर्मत गरिदिन पटक पटक निवेदन दिदै आएका छन् ।
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङ्गरी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरण गरिएकोमा अहिले विद्युत उत्पादन बन्द हुदा समस्या भएको छ ।
गत वर्ष साउन ४ गते लास्कुखोलामा आएको बाढीले विद्युत गृह भित्र पानी र गिट्टी बालुवा थुपारेको छ । उक्त पावर हाउसको प्राविधिकहरुले स्थलगत निरीक्षण गरेको भएपनि मुख्य उपकरणहरु काम नलाग्ने गरेर बिग्रेकोले नयाँ फेर्नुपर्ने तथा लागत धेरै लाग्ने भएकोले अहिलेसम्म मर्मत हुन सकेको छैन् ।