दार्चुला, पौष ८ । दुव्र्यसनमा फसेका विद्यार्थीहरुलाई प्रहरीको सचेना अभियानले सफलता पाएको छ । यहि पौष १ गतेबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले गरेको सो अभियानमा अहिले सम्म ६०÷७० विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिई सम्वन्धीत विद्यालयका शिक्षक र अभिभावकलाई बोलाएर सम्झाई बुझाई पठाएको छ ।
विद्यालय समयमा विद्यालय पोसाक लगाएर वाहिर ढुल्ने, चुरोट, गाँजा तान्ने, केटी लिएर घुम्ने संकास्पद हुलिया बनाएर हिड्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई वुझाई छोडिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक माधव विश्वकर्माले जानकारी दिए ।
सुरु सुरुको दिनमा अलि बढी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर सम्झाई वुझाई छोडेको जानकारी दिदै अहिले अभियानले सफलता पाएकै कारण कम भएको उनले वताए । सो अभियानमा अभिभावक र सम्वन्धीत विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरुबाट उत्साहजनक प्रतिक्रिया आएको भन्दै प्रहरीको असल कार्यको प्रसंसा गर्नु भएको छ ।