दार्चुला, पौष ८ । जिल्ला अस्पताल दार्चुलामा ५० सैयाको अस्पताल भवन निर्माणको काम सुरु भएको छ । निर्माण ब्यवसायीले आगामी तिन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित वाईआर कन्सट्रक्र्सन प्रालिले तिव्र गतिका साथ निर्माणको कार्य संचालन गरेको छ ।
अहिले निर्माण अस्पतालमा मजदुर परिचालन गरेर कामको सुरुवात गरिएको निर्माण ब्यवसायीले जनाएको छ । डोजर र मानवीय जनशक्ति परिचालन गरेर अहिले निर्माणस्थलमा फिल्ड सम्याउने देखि जग खन्ने कामको सुरुवात भएको छ
जिल्लामा २०७० सालको बाढिपछि अस्पतालको भवनको अभाव भएको थियो ।
अन्य ठाउँमा जमिन ५० सैयाँको अस्पताल निर्माण गर्नका लागी प्रयाप्त नभएका कारण पूरानै अस्पताल भएको क्षेत्रमा बनाइन लागेको हो । बहुउपयोगी भवनको रुपमा निर्माणको सुरुवात हुनलागेको छ । अहिले यो क्षेत्रमा चार तलाको भवन बन्ने छ । भवन निर्माणका लागि २६ करोड बजेटमा ठेक्का सम्झौता भएको छ । २९ सैयाको अस्पताल अहिले सञ्चालनमा रहेको छ ।