दार्चुला, पौष ८ । दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको आर्थिक अख्तीयारी अधिकृत छैटौ तहका नरसिंह बडाललाई दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) डा. वियज भुर्तेलको पौष ५ गते काठमाण्डौ सरुवा भएपछि अधिकृत छैटौ तहका बडाललाई आर्थिक अख्तीयारी सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भएको हो ।

महाकाली नगरकार्यपालिकाको मिति २०७८ पौष ७ गते बसेको बैठकले अधिकृत छैटौ तहका नरसिंह बडाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेपछि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागी बडाललाई आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको छ ।

बडाललाई पौष ९ गते भोली देखी कार्य संचालन गर्न जिम्मेवारी दिएको हो । यस अघि बडालले २०७६ कार्तिक १ गते देखी २०७७ पौष मसान्त सम्म नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय