दार्चुला, पौष ८ । गोलोबल आईएमई बैंकको आयोजनामा बित्तीय साक्षरता (डिजिटल बैंकिङ्ग) सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विहीवार जिल्ला सदरमुकाम खलंगाको भवना सभाहलमा भएको कार्यक्रममा सेवाग्राहीहरुलाई डिजिटल बैंकिङ्ग कारोवार सम्बन्धी जानकारी गराएको हो ।
नेपाल अधिराज्य भरी २ सय ८७ शाखा सहित बैंकले अहिले ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्ना २ सय ५२ एटिम, २ सय ६३ बैंक लिमिटेड सेन्टर रहेको जानकारी गराएको हो । साक्षरता कार्यक्रमा ट्रन्जेक्सन बैंकिङ विभागका कर्मचारी शैरव रिजाल र वित्तीय स्रोत ब्यवस्थापन प्रतिनिधि निरज शार्माले ग्राहकहरुलाई प्रविधि मैत्री बैंकले दिईरहेको सेवाको वारेमा जानकारी गराउनु भएको हो । कार्यक्रममा एक सय बढी सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।