दार्चुला, पौष ८ । दुई देश बिचको सिमानाकामा हुने सिमा अपराधलाई नियन्त्रण गर्ने विषयमा नेपाल–भारतका सुरक्षा अधिकारी बिच सहमती भएको छ । भारतको पिथौरागढ जिल्ला अन्तरगत पर्ने जौलजिवि एसएसबी क्याम्पमा आज भएको नेपाल–भारतका सुरक्षा अधिकारी बिचको सयुक्त बैठकमा उक्त सहमती भएको नेपाली सुरक्षा स्रोतले जनाएको छ ।
दुई देश बिचका सुरक्षा अधिकारी सम्मेलित सिमा बैठकले सिमामा हुने चोरी तस्करी, लागु औषध नियन्त्रण, मानव वेचविखन तथा ओसार–पोसार संकास्पद सुचनाहरु आदान प्रदान गर्ने बारे सहमति भएको स्रोतले बताएको छ । बैठकमा दुई देश बिचका नागरिकको सम्बन्ध सुमधुर बनाउने, सिमा पुलमा नेपाली सुरक्षाकर्मी तथा भारतिय सुरक्षाकर्मीहरुबाट नागरिकलाई गरिने व्यवहारलाई नागरिक मैत्री बनाउने विषयमा पनि छलफल र सहमति भएको जनाइएको छ । सिमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त रुपमा अपराध नियन्त्रणका लागी पट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको थियो । यस्तै दोहोरो नागरिकता लिएर बसेका नागरिक भए उनिहरु माथी निगरानी गरी कानूनी कारबाही गर्ने समेत सहमती भएको छ ।
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट, सिमा चौकी तथा सशस्त्र प्रहरीको विभिन्न बिओपीका बिओपी पतिहरु उपस्थिति रहेको थियो, भने भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जौलजिवि थानाका इन्सपेक्टर प्रदिप कुवर लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय