दार्चुला । जिल्लामा एक महिलाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो २ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर बस्ने २३ वर्षीया पुजा महरले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिए । घट्नाबारे प्रहरीमा जानकारी आउने वित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ । माइती पक्ष आइ नपुगेकाले प्रहरीले महराको शव उठाएको छैन् । माइती पक्ष पुग्ने वित्तिकै घट्ना स्थल मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने जनाइएको छ ।