दार्चुला । शनिवार दिउँसो २ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर बस्ने २३ वर्षीया पुजा महर आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परिन ।
झुण्डिएको खबर सुन्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी नेतृत्वको टोली घटना स्थलमा पुग्यो ।
घटना स्थलमा माइती पक्ष पुग्न केहि समय ढिला भएका कारण शवको शनिवार नै मुचुल्का उठ्न सकेन । माईती पक्षले घटना संकास्पद रहेको भन्दै सत्य तथ्य छानविन नहुन्जेल शव उठाउन नपाईने भन्दै मुचुल्का उठाउन दिएको थिएन । प्रहरीले आईतवार मात्रै मुचुल्का उठाएको छ ।
शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुला लगिएको छ । शवको पोष्टमार्टम भैरहेको अस्पताल स्रोतले जनाएको छ ।
वडा नम्बर ४ बांगाबगर स्थित जिल्ला समन्वय समिति कार्यालय नजिकैको आफ्नै घरको कोठामा पूजा बम महराको संकास्पद मृत्यु भएको हो । श्रीमान दिनेश महराले कुटेर मृत्यु पश्चात झुन्डाएको माईती पक्षको आरोप छ ।
मृतक पुजाको शरीरमा निल डाम भएको भन्दै माईतीले प्रहरीमा जाहेरी दिने तयारी गरीरहेको छ ।
पारिवारिक झगडाकै कारण मारेर झुण्डाईएको माइती पक्षको आशंका छ । प्रहरीका अनुसार हत्या गरिएको हो कि आफै आत्महत्या गरेको हो स्पष्ट खुलेको छैन् । दिनेश महरा र पूजा बम महरा दुवैको दोस्रो बिहे भएको जानकारी प्राप्त भएको छ ।

पूजा बमको अघिल्लो बिहेको एक छोरी रहेकी छ । दिनेश महराको पुरानो बिहेबाट एक छोरा र श्रीमती साथमै रहेको प्रहरीले जनाएको छ । पूजा बम महराको मृत्युमा दिनेश महरा र जेठी श्रीमती दुवैको हात रहेको हुन सक्ने भन्दै माईती पक्षले घटनाबारे सत्यतथ्य छानबिनका लागि प्रहरीमा जाहेरी दिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय