दार्चुला । विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट नदिइएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० दार्चुलाले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । आइतवार दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीलाई अनेरास्ववियू क्रान्तिकारीले ज्ञापन दिदै ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू क्रान्तिकारी दार्चुलाका अध्यक्ष भुवन जोशीले सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी परिचयपत्रको आधारमा पाउनुपर्ने ४५ प्रतिशत सहुलियत विभिन्न बाहानामा रोकिएकाले यसको कार्यान्वयनका लागि ज्ञापन बुझाइएको बताए । ज्ञापन पत्रमा भनिएको छ– ‘सरकारद्वारा वि।सं। २०६५ सालमै निर्णय गरि आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडादरमा ४५ प्रतिशत छुट, सार्वजनिक यातायात व्यवसायीहरुले अहिले बन्द गरेका छन् । यो विषयमा जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराउदै तत्काल सरकारको निर्णय कार्यान्वयनका लागि जोडदार माग गर्दछौ ।’

क्रान्तिकारीले एक हप्ताभित्र यो समस्याको समाधान नगरिए चरणबद्ध रुपमा संघर्षमा उत्रने र संघर्षबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित निकाय स्वयं हुनुपर्ने चेतावनीसमेत दिएको छ । Dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय