दार्चुला । नेपाली सेनाको जवान (सैन्य) पदको विस्तृत स्वास्थ्य परिक्षणमा १ सय १ जना (फिट) पास भएका छन् । पौष ५ गतेबाट ९ गते सम्म लिखित परिक्षामा पास भएका १ सय ९ जनाको विस्तृत स्वास्थ्य परिक्षण गरिएकोमा १ सय १ जना मात्रै ९फिट० पास भएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

नेपाली सेनाले जिल्ला अस्पताल दार्चुला संगको समन्वयमा लिखित परिक्षामा पास भएका उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परिक्षण गरेको हो । विस्तृत स्वास्थ्य परिक्षणमा पास भएकाहरुको पौष १४ गते विहान १० बजे देखी १६ गते सम्म गुरु गोरख गुल्ममा अन्तरर्वाता गरिने गुल्मले जनाएको छ ।

लोकसेवा आयोगको कार्यालय दिपायल डोटीले मंसिर १८ गते लिएको परीक्षामा दार्चुलाबाट ३ सय ७४ जना सामेल भएका थिए । ति मध्ये १ सय ९ जना लिखित परिक्षामा पास भएका थिए । नेपाली सेनाले दार्चुलाको गुरु गोरख गुल्ममा ७५ जना सैन्यपदका लागी भर्ना खुलेको थियो । सेनाले खुल्ला तर्फ ३९ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त, मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ २, महिला तर्फ ७, आदीवासी जनजाती तर्फ ११, मधेशी तर्फ १०, दलित तर्फ ५ र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा ७५ जनाको माग गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय