दार्चुला साउन २१ । दार्चुला जिल्लाको ब्याँस गाउँपालीका वडा नं. २ का जयसिह धामी वेपत्ता भएको घटनाको छानवीन गर्न छानविन समितिको टोली घटना स्थल प्रस्थान गरेको छ । भारतको धारचुला हुदै गस्कु मालघाट पुगेको टोलीले सत्य तथ्य छानविन गर्ने भएको छ । मन्त्रालयका सह सचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली स्थलगत रुपमै सत्य तथ्य जानकारी लिनका लागी प्रस्थान गरेको हो ।
धामी वेपत्ता प्रकरणमा अति सुक्ष्म र पारदर्शी ढंगले अध्ययन गर्ने स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाईएको छ । गत साउन १५ गते धामी सदरमुकाम खलंगा आउने क्रममा भारतीय सुरक्षा वल एसएसवीले तुईन छुटाई महाकाली नदिमा वेपत्ता भएका थिए । वेपत्ता धामीको सव अझैपनि फेला परेको छैन् ।
बुधबारमात्रै जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली थप अनुसन्धानका लागी गस्कु प्रस्थान गरेको हो । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।
भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको र धामीलाई नै तुईन फुकाली दिन भनी फुकाल्ने क्रममा तारमा अल्झीएर वेपत्ता भएको भन्ने प्रतिक्रिया दिएको छ । छानविन समितिको प्रतिवेदन अनुसार मात्रै नेपाल सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय