दार्चुला । नदि जन्य स्रोत ब्यवस्थापन प्रयोग तथा नियन्त्रण निर्देशिका २०७८ मस्यौदा माथि छलफल गरिएको छ । मंगलवार सामुदायिक ग्रामीण विकास समाज अन्तर्गतको ट्रोसा कार्यक्रम परियोजनाले जिल्ला स्थित महाकाली नगरपालिका र सम्वन्धित निकायका प्रमुख एवंम प्रतिनिधिहरु सँग मस्यौदा माथि छलफल गरेको हो ।
नदि जन्य स्रोत उत्खननको कार्यलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरी नदिजन्य स्रोतहरुमा आश्रित नागरीकहरुलाई पनि मिलाएर अगाडी बढाउने सम्वन्धमा तयार पारिएको महाकाली नगरपालिकाको नदि जन्य स्रोत ब्यवस्थापन प्रयोग तथा नियन्त्रण निर्देशिका २०७८ लागु गर्न पुर्व सरोकारवालाहरु सँगको छलफल गरिएको सामुदायीक ग्रामिण विकास समाज अन्तर्गतको ट्रोसा कार्यक्रम संयोजक मान सिह कार्कीले जानकारी दिए । दक्षिण एसियाली अन्तरदेशीय सीमानदीको पानीको सामुदायिक सदूपयोग परियोजना ट्रोसाले पनि समन्वय गरिरहेको छ ।
नगरपालिकाले नदीजन्य प्रकोप नियन्त्रणका लागि, आम्दानीको स्रोत बढाउन तथा सार्वजनिक स्रोत अभाव हुन नदिने उदेश्यले यस सम्बन्धी निर्देशिका बनाइरहेको छ । कार्यक्रम महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । निर्देशिका तयारीको अन्तिम चरणमा रहेकोले आवश्यक सुझाव सल्लाह तथा थप गर्नु पर्ने बिषयबस्तुहरुवारे सरोकारवालाहरु सँग छलफल गरिएको हो ।
पछिल्लो समय महाकाली नगरपालीकाको वडा नंम्वर १ श्रीवगर क्षेत्र देखी दत्तु ९ सम्म महाकाली नदिमा आफुखुसी नदि जन्य स्रोत उत्खनन भइरहेको छ । परियोजनाले पछि हुन सक्ने सम्भावीत जोखीमलाई मध्यनजर गर्दै व्यवस्थित गर्नु पर्ने कुरा औल्याउदै कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएको छ ।