दार्चुला । जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा शिवराज जोशी आउने भएका छन् । गृह मन्त्रालयको मिति २०७८ पौष ९ गतेको निर्णयानुसार कैलाली जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा कार्यरत जोशीलाई दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी भई कामकाज गर्न सरुवा गरिएको छ ।

यसअघि दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टको सरुवा भएपछि सिमा प्रशासन कार्यालय तिंकरका अधिकृत मोहन सिंह धामीलाई सहायक प्रमुख जिल्ला अधिकारीको थप जिम्मेवारी दिइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारीमा आउन लाग्नु भएका शिवराज जोशी यस अघि २०७४ सालमा पनि दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी रहनु भएको थियो ।
यसैबिच जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख पदमराज जोशीको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८ पौष ११ गतेको निर्णयानुसार निजामति सेवा ऐन २०४९ को दफा १८ ९१० बमोजिम गृह मन्त्रालय वा सोही अन्तरगत सरुवा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय