दार्चुला साउन २२ ।
दार्चुला जिल्लाको ब्यास गाँउपालीका वडा नं. २ का जयसिह धामी वेपत्ताको अनुसन्धान गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत उच्च स्तरीय छानविन समिति व्याँसको माल प्रस्थान गरेको छ । बिहीबार भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छानबीन समितिको टोली शुक्रवार नेपालतर्फको घट्नास्थल हेर्न हेलिकप्टरमार्फत गएको हो ।
भारत तिर स्थलगत निरीक्षण गरीसकेको टोलीले शुक्रवार नेपालतिरको माल क्षेत्र र पीडित परिवारसँग छलफल गर्न टोली गएको वताईएको छ । बिहीबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस र ढुङगा समेत गरेका थिए । उच्च स्तरीय छानविन समितका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबीन टोली गत मंगलबार देखि दार्चुला जिल्लामा छ ।
प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिदा धामी वेपत्ता भएको बताएपछि घट्ना निकै गम्भीर रुपमा हेरीएको छ । साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिह धामी महाकाली नदीमा वेपत्ता भएका थिए ।
घट्नाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो । छानबीन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।
तर माल जान हेलिकप्टरमा चार जनाको मात्रै सिट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीले माल जान पाएनन् । छानविन समितिले दार्चुला पुगेयता घट्नास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घट्नाका प्रत्यक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधीहरुसँग छलफल गरिसकेको छ । घट्ना घटेको आठ दिनसम्म धामीको शव भेटिएको छैन् । आफन्तले कुसपुतलो वनाई अन्तेष्टि गरिसकेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs