दार्चुला, पुष १४ गते  । दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा मंगलबार राती भारी हिमपात भएको छ ।  वर्षा हुदाँ गाउँबस्ती सम्मै हिउँ पुगेको स्थानीयले जानकारी दिए ।
ब्यास गाउँपालिकाको कार्यालय भन्दा तल्लो क्षेत्र सम्म हिउँ पुगेको छ भने अझै निरन्तर पर्ने क्रम जारी रहेको छ ।
हिमपातले चिसो अत्याधिक बढेपछि जनजिवन कष्टकर बनेको छ ।
ब्यास गाउँपालिकाको वडा नम्बर ३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरुमा हिउँ परेको छ । कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानिय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानव विहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ ।
साथै दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्तीहरू दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका बस्तीहरूमा समेत हिमपात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय