दार्चुला । जिल्ला को दुहुँ गाउँपालिकामा गत भाद्र १३ गतेकाे बाढी पहिरोबाट प्रभावित पीडित परिवारले नगद राहत पाएका छन । दुहुँ गाउँपालिका बाढी पहिरो पीडित सहयोग संकलन समिति मार्फत उठेको रकम सनिवार (आज) बितरण गरिएको हो । स्वदेश तथा बिदेशबाट समितिलाई ६ लाख १४ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियोे । दुहुँ गाउँपालिकाकाे समन्वयमा सनिवार (आज) वडा नम्बर २ मा रहेको गाैरिलमाण्डाै माध्यमिक विद्यालयमा पीडित परिवारलाई नगद आर्थिक सहयाेग रकम बितरण गरिएको समितिका अध्यक्ष लाेकेन्द्र बहादुर बमले बताए । आर्थिक सहयोग रकम मृतक परिवारलाई नगद प्रतिब्याक्ती ५/५ हजार पुर्ण क्षती ६० परिवारलाई प्रतिपरिवार २ हजार ५ सय उच्च जाेखिममा रहेका २ सय ४ परिवारलाई प्रतिपरिवार १/१ हजार र आंशिक क्षती ५ सय परिवारलाई प्रतिपरिवार ५ सयका दरले बितरण गरिएको समिति कोसाध्यक्ष पुरन सिह साहुले बताए ।