दार्चुला । जिल्ला को दुहुँ गाउँपालिकामा गत भाद्र १३ गतेको बा हिरोबाट प्रभावित पीडित परिवारले नगद राहत पाएका छन । दुहुँ गाउँपालिका बाढी पहिरो पीडित सहयोग संकलन समिति मार्फत उठेको रकम सनिवार (आज) बितरण गरिएको हो ।
स्वदश तथा बिदेशबाट समितिलाई ६ लाख १४ हजार रयासहयोग प्राप्त भएको थियोे । दुहुँ गाउँपालिकाको समन्वयमा गौरिलमाण्डौ माध्यमिक विद्यालयमा पीडित परिवारलाई नगद आर्थिक सहयोग रकम बितरण गरिएको समितिका अध्यक्ष लोकेन्द्र बहादुर बमले बताए ।
आर्थिक सहयोग रकम मृतक परिवारलाई नगद प्रतिब्याक्ती ५÷५ हजार पुर्ण क्षती ६० परिवारलाई प्रतिपरिवार २ हजार ५ सय उच्च जोखिममा रहेका २ सय ४ परिवारलाई प्रतिपरिवार १÷१ हजार र आंशिक क्षती ४ सय ४५ परिवारलाई प्रतिपरिवार ५ सयका दरले बितरण गरिएको समिति कोसाध्यक्ष पुरन सिह साहुले बताए । शनिबार सम्पन्न भएको राहत वितरण कार्यक्रममा दुहुँ गाउँपालिका बाढी पहिरो पीडित सहयोग संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमको अध्यक्षता एवम दुुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आर्थित्यता तथा उपाध्यक्ष इश्वरी जोशीको विशिष्ट आर्थित्यतामा सम्पन्न भएको हो ।
सहयोग संकलन समितिले दिएको जानकारी अनुसार हाल सम्म स्वदेश तथा विदेशबाट ६ लाख १४ हजार रुपैँया मध्ये १४ हजार रुपैँया विभिन्न शिर्षकमा खर्चभएको तथा ६ लाख रुपैँया बाढि पिडित परिवारलाई वितरण गरिएको समितका अध्यक्ष बमले जानकारी दिए । राहात विरतण कार्यक्रमका प्रमुख अतिथि एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले भदौ १३ गते रातिको अविरल बर्षा संगै बाढी र पहिरोले क्षतविक्षत बनाएको दार्चुलाको दुहुँ पालिका विस्तारै माथि उठन थालेको बताएका छन ।
५ जनाको मृत्युसंगै झण्डै ६० परिवारलाई विस्थापित गरेको बाढी पहिरोले आधा दर्जनभन्दा बढि पुल, साना जलविद्युलत आयोजना र सडक समेत बगाएको कार्यक्रममा जानकारी दिनु भयो । प्रदेश सरकारको पहलमा स्थानीय सरकार र गृहमन्त्रालयको सहयोगमा हेलिकोप्टर मार्फत ८० क्वीन्टल खाद्यान्न सहित दैनिक उपभोग्य सामग्री ढुवानी भएका कारण भोकमरी हुन नपाएको अध्यक्ष कार्कीले बताए । ’बाढी पहिरोमा घाईते भएकाहरुको उद्दार र उपचार हाम्रो पहिलो प्राथमिकतामा थियो,’ कार्कीले भने ’ घाईते भएकाहरुलाई तत्काल हेलिकोप्टरमा धनगढी लगेर उपचार गरेको बताए । अझैपनि बाढि पहिरो पिडितहरुलाई स्थानीय सरकार सधै साथमा रहेको बताए ।
यस्तै उनले गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताए । क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक , विद्यालय निर्माणको काम तीब्र गतिमा गरिने बताए । ६० परिवारको घर पूर्ण रुपमा क्षति भएको छ । यस्तै ९ वटा पसल क्षति भएको छ । ४ सय ४२ परिवारको सयौं रोपनी जमिन बाढिपहिरोमा परेको हो।
गाउँपालिकाभरीका २७ वटा सार्वजनिक स्थलमा क्षति पुगेको गाउँपालिकाको तथ्याङ्क छ । जसअनुसार झोलुङ्गे पूल ५ वटा, जलविद्युत ५ वटा, विद्यालय ४ वटा, खानेपानी योजना ७ वटा, सिचाई, स्वास्थ्य चौकी, मन्दिर, आरसीसी पूल १/१ क्षति भएको हो । दुहुँको बाढिपहिरोको क्षतिबारे भूगर्भविदहरुले समेत स्थलगत अध्ययन गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs