भारत । भारतीय राज्य उत्तराखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन् । सिंहले शनिबार नाबी र गुन्जीको भ्रमणा गरेको ट्विटमा उल्लेख गरेका छन् । उनले त्यहाँ पुगेर भारतीय सुरक्षाकर्मी र स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।
सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गरेका छन् भने भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्। ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासिलाई भेट्न पाउँदा उत्साहित भएको छु’, उनले ट्विटमा लेखेका छन् ।