दार्चुला । बेसहारा आमाबाबुको सहारा नगर प्रमुख कार्यक्रम अन्तर्गत सोमबार (आज) महाकाली नगरपालिकाको वडा नम्बर ९ मा रासन सहित कार्ड बितरण गरिएको छ । वडा नम्वर ९ का ३० जना सेवाग्राहीहरुलाई रासन सहित कार्ड वितरण गरिएको हो । छोरा छोरी गुमाएका वा नभएका बेसहारा ६० वर्ष माथिका आमा बुवालाई निशुल्क रासन कार्ड र रासन वितरण गर्दै कार्यक्रमको सुभारम्भ गरिएको हो । महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले निशुल्क रासन कार्ड र रासन वितरण गर्दै कार्यक्रम सुभारम्भ भएको घोषणा गर्नु भएको थियो ।
नगरपालिकाको चालु अािर्थक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र विनियोजन ऐनमा समावेश गरिएको बेसहारा आमा बुवाको साहारा नगर प्रमुख तथा टुहुरा बालबालिकाको अभिभावक नगर प्रमुख कार्यक्रम मार्फत उहाहरुलाई निशुल्क रासन कार्ड वितरण गरिएको नगर प्रमुख भट्टले बताए ।
कार्यविधि अनुसार ६० वर्ष भन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा निशुल्क वितरण गर्ने कार्यविधि तयार गरी निशुल्क खाद्यान्न रासन कार्ड वितरण गरिएको बताइएको छ । रासन कार्ड मार्फत बेसहारा आमा बुवालाई मासिक रुपमा १५ किलोग्राम चामल, समान २–२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नुहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने जनाइएको छ ।
नगरपालिकाले संचालन गरेका सुफत मुल्य पसलहरुबाट उनीहरुलाई खाद्यान्न उपलब्ध गराइने बताइएको छ । साथै बेसहारा आमा बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी निशुल्क उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले बताए । यो कार्यक्रम संधै चल्ने नगर प्रमुख भट्टले बताए ।
बेसाहारा आमा बुवाले कार्तिक महिना देखी निशुल्क रुपमा खाद्यान्न प्राप्त गर्दै आइरहेका छन् । कार्यक्रममा नगर उपप्रमुख सुना बोहरा, वडा नम्वर ९ का अध्यक्ष हर सिंह डांगा, वडा नम्वर ८ का अध्यक्ष चन्द्र सिंह विष्ट, वडा नम्वर ४ का अध्यक्ष पुस्कर राज जोशी, नेकपा (एमाले) पार्टि प्रतिनिधी तथा डेरि व्यवसायी प्रकाश सामन्त लगायत स्थानिय वुद्दीजिवि तथा आमावुवा हरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs