दार्चुला साउन २३ । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।
यसअघि कक्षा १२ को परीक्षा ३१ साउनबाट सुरु हुने गरी मिति तय भएको थियो । तर कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको हो । अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ । यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरना भाईरसका कारण परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs