दार्चुला । तिंकर सडकलागि अर्थ मंत्रालयले ३ अर्ब ९७ करोडको बहु वर्षिय ठेक्का सहमति उपलब्ध गराएको छ । महाकाली कोरिडोर अन्तर्गतको ब्रह्मदेव झुलाघाट दार्चुला तिंकर सडक खण्डमध्ये डडेल्धुरा र बैतडी जिल्लाको ५७ किमि सडकको नयाँ ट्याक खोल्न तथा दार्चुलाका विभिन्न सडक मध्ये ३० दशमलव ८४ किमि कालोपत्रे स्तरमा स्तरोन्ती गर्न रु ३ अर्ब ९७ करोड रकम बराबरको बहूवर्षिय ठेक्का स्वीकृतिको लागि भएको माग अनुसार ठेक्का उपलब्ध गराइएको हो । यसको लागि बर्तमान कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयसँग पटकपटक अनुरोध तथा समन्वय गरेका थिए । बहू वर्षिय ठेक्काका लागि अर्थ मंत्रालयबाट स्रोत सुनिश्चितता गरी राष्टिय योजना आयोग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कार्यान्वयनका लागि सहमति दिइएकोछ ।