दार्चुला । जिल्लाको नौगाड गाउँपालिका वडा नम्वर १ मा बिधुत विस्तार हुन नसक्दा स्थानीय वासी अन्धकारमा बस्न बाध्य भएका छन । वडा नम्वर १ मा विधुत लाईन भए पनि २०७० सालको बाढीले बगाएपछि स्थानीय वासी अन्धकारमा बस्न बाध्य भएका हुन । ८ बर्ष अघि स्थानिय विधुतका संरचनामा बाढीले क्षति गरेपछि पुनर्निर्माणको काम हुन नसकेको स्थानीय जय सिंह ठगुन्नाले बताए ।
स्थानीय स्तरको बिधुत मर्मत हुन नसकेपनि राष्ट्रिय स्तरको लाइन जडानको लागि पटक पटक आग्रह गरेपनि स्थानिय तहका जनप्रतिनिधिहरुले चासो नराख्दा अहिलेसम्म विधुत विस्तार हुन नसकेर अन्धकारमा बस्नुपरेको स्थानीयको आरोप छ ।
समय समयमा बिधुत विस्तारको लागि सम्बन्धित निकायलाइ आग्रह गर्दा पनि टार्दै जाने गरेको ठगुन्नाको गुनासो छ । अन्य ठाउँमा बत्ति बलेको देख्दा आफुहरूले अन्धकारमा बस्नु परेको उनले सुनाए । स्थानिय सरकारकाले भने छिट्टै पालिकाभरि राष्ट्रिय प्रसारण लाईन जोडने उद्धेश्यले ठेक्का सम्झौताको प्रक्रियामा रहेको बताएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs